गोलबजारमा आठौं अन्तराष्ट्रिय मेयर गोल्ड चैत १५ बाट सुरुहुँदै

हरियो पाटी

हरियो पाटी

617
SHARES
845
VIEWS

गोलबजार , १० चैत। आठै अन्तराष्ट्रिय गोलबजार मेयर गोल्ड कप २०८१ आगामी शुक्रवारबाट सुरुहुने भएको छ। गोलबजार नगर पालिकाको आयोजनामा यहि चैत्र १५ देखि २१ गतेसम्म गोलबजार २ गुरुधामस्थित एकीकृत खेलग्राममा फूटल प्रतियोगिता हुन लागेको गोलबजार नगरपालिकाले जनाएको छ। 

प्रतियोगितामा भुटानका एउटा टिम र देशका विभिनन स्थानका  सातसहित आठ ओटा टिम सहभागी हुने पत्रकार सम्मेलनको आयोजनागरी नगर प्रवक्ता सञ्जित लामाले जानकारी दिए। उनका अनुसार प्रतियोगिता चात्या सा फुटवल क्लव दमक झापा, मनोहरा एकीकृत युवा क्लव काठमाडौं, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहा सहभागी रहने छ। 

त्यसैगरी प्रतियोगितामा रोमन फुटबल क्लव सर्लाही, पेमा युवा क्लब विराटनगर, साम्ची फुटबल क्लब भुटान र सल्हेश युवा क्लब सिरहाको सहभागीता रहने बताइएको छ। 

प्रतियोगितामा प्रथम पुरस्कार चार लाख एक हजार रुपैयाँ र द्वुतिय पुरस्कार दुई लाख एक हजार रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित