गोलबजारमा अपराध नियन्त्रण तीव्र : होनहार प्रहरी कमान्डरको सक्रियता

हरियो पाटी

हरियो पाटी

566
SHARES
775
VIEWS

सिरहा, गोलबजार – अपराध न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय गोलबजारले आफ्नो सक्रियता तीव्र बनाएको छ। प्रहरी निरीक्षक गोबिन्द प्रसाद साहको नेतृत्वमा ठगी, लागुऔषध कारोबार, अवैध हातहतियार ओसारपसार तथा अन्य आपराधिक गतिविधिहरूमा संलग्न दर्जनौं व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको छ।

छ महिनामा प्रभावकारी कारबाही

पछिल्लो छ महिनामा प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ, जसमा अनलाइन ठगीमा संलग्न दुई जना मुख्य अभियुक्त पनि छन्। उनीहरूलाई ३४ करोड २५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा पक्राउ गरी साइबर ब्युरो पठाइएको छ।

  • लागुऔषध कारोबारमा संलग्न १२ जना पक्राउ

  • अवैध हातहतियार राख्ने २ जना पक्राउ

  • अदालतको फैसलापछि फरार रहेका ९ जनालाई नियन्त्रण

  • १० वर्षदेखि सवारी ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

  • भन्सार चोरीमा संलग्न १ व्यक्ति पक्राउ (७ लाख २ सय रुपैयाँबराबरको मुद्दासहित)

प्राकृतिक स्रोत दोहनविरुद्ध कडा कदम

गोलबजार प्रहरी कार्यालयले अवैध उत्खनन रोक्ने अभियानलाई तीव्र बनाउँदै १३ वटा ट्रयाक्टर र ५ वटा टिपर नियन्त्रणमा लिएको छ, जसमा अवैध रूपमा बालुवा, गिट्टी तथा माटो ओसारपसार भइरहेको थियो। साथै, २४५ किलो धुप सल्ला नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढाइएको छ।

स्थानीयवासीमा सुरक्षाको अनुभूति

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानका अनुसार गोलबजार प्रहरीले अपराध नियन्त्रणलाई प्राथमिकता दिँदै सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ। प्रहरी निरीक्षक गोबिन्द प्रसाद साहको नेतृत्वमा अपराध न्यूनीकरण, आगलागी नियन्त्रण तथा सार्वजनिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष सक्रियता देखाइएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार प्रहरी निरीक्षक साह आएपछि गोलबजार क्षेत्रमा अपराधमा कमी आएको छ। नागरिकहरूले सुरक्षित वातावरण महसुस गर्न थालेका छन्, जसले उनीहरूको दैनिक जीवन सहज बनाएको छ।

अपराध नियन्त्रणलाई निरन्तरता दिने प्रतिबद्धता

गोलबजार प्रहरीले अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सुरक्षा रणनीति मजबुत बनाउने प्रतिबद्धता जनाएको छ। स्थानीय जनप्रतिनिधि, समुदाय र प्रहरीबीच समन्वय बढाएर नगरलाई अपराधमुक्त बनाउने अभियानलाई निरन्तरता दिने प्रहरी निरीक्षक साहले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित