गोलबजारमा दुई दिनदेखि बेवारिसे अवस्थामा रहेको स्कार्पियो,प्रहरी नियन्त्रणमा

हरियो पाटी

हरियो पाटी

790
SHARES
1.1k
VIEWS

गोलबजार, सिरहा – सिरहाको गोलबजार नगरपालिका-६ स्थित सिरहा सुपर मार्केट  एबी मल अगाडि दुई दिनदेखि बा १५ च १७२९ नम्बरको स्कार्पियो गाडी बेवारिसे अवस्थामा रहेको छ।

स्थानीयहरूका अनुसार उक्त गाडी सनिवार देखि त्यहीँ पार्क गरिएको देखिएपछि शंका उत्पन्न भएको थियो। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारले गाडीबारे अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार हालसम्म गाडी धनीको पहिचान खुल्न सकेको छैन।

प्रहरी स्रोतका अनुसार गाडी कुनै अपराधिक क्रियाकलापमा प्रयोग भएको हो वा अन्य कुनै कारणले त्यहाँ छोडिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीले गाडीको कागजात जाँच तथा सिसीटीभी फुटेज संकलन गरेर थप विवरण संकलन गरिरहेको जनाएको स्थानीय प्रहरीले जनाएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित