स्वास्थ्य र शिक्षा क्षेत्रमा मधेश सरकार भरपूर लगानी गर्न तत्पर छ : मन्त्री सिंह

हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

फागुन। मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधन सिंहले प्रदेश सरकार स्वास्थय र शिक्षा क्षेत्र सुधारको निम्ति भरपूर लगानी गर्न तत्पर रहेको वताएका छन्। सिरहाको लाहान नगरपालिका ३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यकि विद्यालय रघुनाथपुरको स्वर्ण जयन्ती महोत्सवलाई सम्वोधन गर्दै मन्त्र सिंहले मधेश प्रदेशमा स्वास्थ्य र शिक्षाको अवस्था निकै कमजोर रहेकोले दुवै क्षेत्रलाई सवल बनाउन प्रदेश सरकार लागि परेको बताएका हुन्।

शिक्षा र स्वास्थ्य क्षेत्रका कतिपय योजनाहरु प्रदेश सरकारले प्रदान गरे पनि विभिन्न किसिमका समस्याका कारण रकम तोकिएको समयमा खर्च नहुँदा फ्रिज भईरहेको मन्त्री सिंहले बताए। उनले सरकार लगानि गर्न तत्पार रहेको बताउँदै आएका बजेटहरु सहि ढङ्गले परीचालन गर्न सवैको सहयोग आवश्यक रहेको बताए।

उनले भने, ‘सरकाले पठाएको बजेट सहि ढङ्गले खर्चगर्ने वातावरण बन्नु पर्छ। सवैले बजेट ल्याउन, त्यसलाई कार्यान्वयन गर्न हामीले विकासको राजनीति गर्नुपर्ने हुन्छ।’

‘हजारौं बलिदानी पश्चात प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुको साटो राजा आऊ देश बचाउको नारा लगाई रहेका छन्; मन्त्री सिंहले भने, ‘राजालाई राजनीति गर्ने मनछ भने अव धेरै दिन र्छन, अगामी २०८४ हुने निर्वाचनमा भाग लिंदा हुन्छ। अव कोही वंशको आधारमा राजाहुने दिन गईसक्यो। सवैलो राजनीतिक संस्कार देखाउन आवश्यक छ।’

सानो झुपडीको घरबाट २०३१ सालमा पठनपाठन गराउदै आईरहेको विद्यालयले आज ५०औं वसन्त पार गरेको छ। विद्यालयले हालसम्म नेपालि र अंग्रेजी माध्यम गरी दुई माध्यबाट अध्यन अध्यापन गराउँदै आएको छ। बल्क ई सम्ममा दुईवटै माध्यमबाट पढाई भईरहेका विद्ययलमा हाल एक हजार ६ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत रहेको जनाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित