गोलबजारमा एक महिलाको हत्या ,दुइ महिला सहि तिनजना प्रहरी नियन्त्रणमा

हरियो पाटी

हरियो पाटी

1.4k
SHARES
1.9k
VIEWS
दुइ महिला र एक पुरुषलाइ प्रहरीले अनुसंधानको लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ 

सिरहा, २६ फागुन । सिरहाको गोलबजारमा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पतीमात्र घरमा रहेको बेला धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाटनजीकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ।
राती अवेर अनिताको श्रीमान महेन्द्र आत्तिएर बाहिर आएको थाहापाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए। साह आत्तिएर वेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
शव अहिले पोस्टमाडमकाे लागि प्रादेशिक अस्पताल लहान पठाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । महेन्द्र साह यस अघि पनि शरिर बन्धक र बलातकार मुदामा ३ वर्षजेल परेको प्रहरी रेकर्डमामा उल्लेख छ । घटनामा श्रीमान सहित चारजाना  संकाको घेरमा रहेको वताइएको छ। गाेलबजार प्रहरीले मृतक अनिताको श्रीमान सहित चार जनालाइ अनुसंधानको लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ पर्नेमा दुई महिला सहित चार जना रहेकाे र उनिहरुकाे नाम गोप्य राखेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित