गोलबजारमा मोटर साइकल ठोकिदा एकजनाको मृत्यु एक घाइते

हरियो पाटी

हरियो पाटी

2.6k
SHARES
3.5k
VIEWS

सिरहा, २५ फागुन। सिरहामा कार र मोटरसाइकल एक–आपसमा ठोकिँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परी एकजना घाइते भएका छ्न। पूर्वपश्चि रामजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ४ स्थित धर्मकाटा नजिक मधेश प्रदेश–०१००४ प ४९९४ नम्बरको मोटरसाइकल र बा ९ च ६५६६ नम्बरको कार आपसमा ठोकिँदा गोलबजार ८ भाइजीटोलका १६ वर्षिय बिबेक उराउको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भिर घाईते उराउलाई उपचारको लागि लहान लाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीले जानकारी दिए।

अर्का १७ वर्षिय श्याम मन्डल रहेका छन्। उनको स्थानीय स्वास्थ्यसंस्थामा प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ। कार र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1