अवैध उत्खनन गरिरहेको अवस्थामा जेसिबी र टीफर नियन्त्रणमा

Picture of हरियो पाटी

हरियो पाटी

575
SHARES
787
VIEWS

 

सिरहा, २३ फागुन ।
वन कार्यालय सिरहाको गस्ती टोलिले चुरेवन क्षेत्रवाट अवैधरुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिबी र टीफर नियन्त्रणमा लिएको छ ।
सब डिभिजन वन कार्यालय, चोहर्वाको गस्ती टोलिले नरहा गाउँपालिका ३ चोहर्वा आर्मी क्याम्प पछाडिको चुरे वन क्षेत्रवाट बा. ५ प १८६७ नम्वरको टिफर र नम्वर नभएको जेसीवी बुधबार नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा सब डिभिजन वनकार्यालय, चोहर्वाका वन अधिकृत मनोज कुमार कर्ण नेतृत्वको टोलिले प्रहरीको सहयोगमा दुवै सवारीसाधान नियन्त्रणमा लिएको डिभिज वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानकारी दिए।
वन कर्मचारीलाई देखेपछि फरार चालकको खोजी भईरहेको वन कर्मचारीले जनाएको छ । चलक फरार भएपनि यस क्षेत्रमा ग्राभेल व्यवसायीका नामले परिचित रामबाबु यादवको टिफर र जेसीवी भएको प्रमुख झाले जानकारी दिए ।
नियन्त्रणमा लिएको दुवै सवारीसाान सब डिभिजन वन कार्यालय चोहर्वामा राखिएको छ । यस क्षेत्रबाट वर्षौंदेखि विना दर्ता निर्वाधरुपमा प्रहरी प्रशासनकै मिलेमत्तोमा अवैध उत्खन्न हुँदै आएको छ । स्थानीयको दवाव पछि केही टिफर र जेसीवी नियन्त्रणमा लिएपनि सामान्य राजस्व बुझाएर छुट्ने गरेको स्थानीय रामप्रकाश यादव बताएका छन ।
विद्यालयकै वरपर गैरकानुनी रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन र विक्रिवितरण हुँदै आएपनि प्रहरीको मौनता उदेकलाग्दो रहेको रामप्रकाश यादव बताउँछन् ।
विद्यालयको क्षेत्रमा अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्दा पनि नरोकीएको उनीहरुको गुनासो छ । दिनरात प्रहरीको डिउटी रहने चोहर्वाचोककै बाटोबाट दर्जनौं स्थानामा खाड्नो खनेर वर्षौंदेखि ढुङ्गा, गिट्टी, वालुवा उत्खनन भईरहेको छ । तर,सरोकारबाला निकायको मौनताले स्थानीय आजित भईसकेको बताउँछन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित