विश्वकप लीग २ मा नेपालको तेस्रो हार

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्वकप क्रिकेट लिग-२ को चारवर्षे चक्र (सन् २०२३-२७) को शुरूआत नेपालका लागि सुखद हुन सकेन।

आइतवार खेलेको शृङ्खलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएपछि नेपालको हार सङ्ख्या ३ पुग्यो।घरेलु मैदानमा खेलेको चार खेलमा नेपालले एक मात्र जित हात पारेको थियो। नामिबियासँग दुवै खेल गुमाएको नेपालले यसअघिको खेलमा नेदरल्यान्ड्सविरुद्ध एक खेलमा मात्र जित पाएको थियो।

टस हार्नु नेपाली समर्थकहरूका लागि पहिलो दुःखद खबर थियो।अनुमान गरिएझैँ कीर्तिपुर क्रिकेट मैदानको बिहानीको पिचमा नेपाली ब्याटरहरूले रनका लागि सङ्घर्ष गर्नुपर्‍यो। फलस्वरूप नेपाली टोली तीन बल खेल्नुअगाडि १७२ रनमा अलआउट हुन पुग्यो। जबाफमा आएको पाहुना टोलीले ३७.५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

अघिल्लो खेलमा नेपालले दोस्रो ब्याटिङ गर्दै नेदरल्यान्ड्सलाई १६ ओभरभित्र जसरी पराजित गरेको थियो, आइतवार नेदरल्यान्ड्सले त्यसरी नै बदला लिएको देखियो। नेदरल्यान्ड्सलाई जित दिलाउन विक्रमजित सिंहले अविजित ५८ तथा साइब्रान्ड एन्गलब्रेचले अविजित ४६ रन जोडेका थिए।

नेपाली बलरहरुले आरम्भमा १२ ओभरमा २ विपक्षीको विकेट लिन सफल भएका थिए। तर त्यसपछि विक्रमजित र साइब्रान्डले तेस्रो विकेटका लागि १०२ रनको अविजित साझेदारी गरेपछि नेपालले सहजै आत्मसमर्पण गरेको देखिएको थियो।

यसअघि ओपनर द्वय म्याक्स ओडोड (२८ रन ) र मिचेल लेभिट (३९ रन) ले नेदरल्यान्ड्सलाई सानदार सुरुआत दिलाएका थिए।यी दुईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। नेपालले पहिलो ओभरमा नै ललित नारायण राजवंशीलाई बलिङ गर्न लगाएर पावर प्लेमा स्पिनरहरूबाट विकेट लिने योजना बुनेको थियो।

तर त्यसले विपक्षीलाई खासै ठूलो असरदार देखिएन। उनीहरूले लगातार जसो बाउन्ड्री प्रहार गरिरहे। जसका कारण नेपाली बलरहरू सहज पराजय आत्मसात् गर्न बाध्य भएको थियो।

कुशलको एक्लो सङ्घर्ष

कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सका बलरहरूसँग ओपनर कुशल भुर्तेलले एक्लै सङ्घर्ष गरे जस्तो देखिएको थियो। मध्यक्रमका खेलाडीहरू एकपछि अर्को गर्दै पवेलियन फर्किरहेका अवस्थामा कुशलले क्रिजमा डटेर ६६ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए। उनले ९३ बलको सामना गर्ने क्रममा ८ चौका प्रहार गरे। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रहार गरेको आठौँ अर्धशतक हो।

सो क्रममा उनले दुई पटक जीवनदान पाएका थिए। पहिलो पटक २१ रन बनाएर खेल्दा उनी ‘कट् एन्ड बोल्ड’ हुनबाट जोगिएका थिए भने अर्को पटक ४२ रन बनाएर खेलिरहँदा बचेका थिए।कुशल ३६.३ ओभरमा सातौँ खेलाडीका रूपमा आउट भए। त्यतिबेला नेपालको स्कोरबोर्डमा १२२ रन मात्र बनेको थियो।

नेपाल र नेदरल्यान्ड्स

कुशल र अर्का ओपनर आसिफ शेखले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दा नेपाल बलियो लक्ष्यतिर अग्रसर हुने अनुमान गरिएको थियो।तर नवौँ ओभरमा आशिफ १७ रन बनाएर आउट भएसँगै नेपालको विकेट झर्ने क्रम शुरू भयो। त्यसपछि अनिल साह (७ रन), कुशल मल्ल (२ रन) र कप्तान रोहित पौडेल १७ रन बनाएर धमाधम पवेलियनतिर फर्किएका थिए।

अट्ठाइसौँ ओभरमा दीपेन्द्र सिंह ऐरी भने दुर्भाग्यपूर्ण रन आउटको शिकार हुन पुगेका थिए।कुशल भुर्तेलले प्रहार गरेको बल विपक्षी बलरको खुट्टामा लाग्दै अर्को इन्डमा क्रिजबाहिर रहेका दीपेन्द्रको विकेटमा लाग्न पुगेको थियो। त्यतिबेला दीपेन्द्रले ११ बलमा जम्मा १ रन बनाएर खेलिरहेका थिए। खाता खोल्न नसकेका भीम सार्की र आक्रामक गुलशन झा (५ रन) को प्रदर्शन पनि सम्झिन लायक हुन सकेन।

नेपाल र नेदरल्यान्ड्स

करण-आरिफको जोडी

यस्तो अवस्थामा टिममा फर्किएका आरिफ शेखले संयमित ब्याटिङ तथा अलराउन्डर करण केसीले देखाएको आक्रामक रूपले गर्दा नेपालको स्कोर गति केही बढेको थियो।आशिफले ५० बल खेलेर २२ रन बनाए भने करण केसीले २७ बलमा २६ रन जोडे। सो क्रममा करणले २ छक्का र १ चौका प्रहार गरेका थिए।

केही आक्रामक रूप देखाउन खोज्दा आरिफ ४८.२ ओभरमा क्याच आउट भएपछि अन्तिम समयमा बाउन्ड्री प्रहार गर्ने खेलाडीहरुको योजनामा बाधा पुग्यो। त्यसपछि अन्तिम खेलाडीका रूपमा करणलाई साथ दिने ललितनारायण राजवंशी थिए। दबावको यो बेला ठूलो शट हान्न खोज्दा आउट हुन पुगे।

प्रशिक्षक मोन्टी देशाईले आइतवारको खेलमा सोमपाल कामी र देव खनाललाई बेञ्चमा राखेर आरिफ शेख र गुलशन झालाई मौका दिएका थिए। नेदरल्यान्ड्सबाट भिभियन किङमा र आर्यन दत्तले ३३ विकेट तथा बास डी लिडले २ विकेट लिए।

बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1