सिरहा, माघ ११ सिरहाका ग्राभेल माफिया स्थानीय जनप्रतिनिधी र प्रशासन र कानुन भन्दा बलिया देखिएका छन्। कानुनी प्रकृया पुरा नगरी दिनदाहाडै जनप्रतिनिधी र प्रहरीकै आँखागाडीबाट मनलाग्दी ग्राभेल उत्खनन् हुनुले ग्राभेल माफिया बलिया सावित भएका हुन्।
सिरहाको नरहा गाउँ पालिका ३ बाट दिनहुँ सयौं टिफर ग्राभेल उत्खनन् र विक्रि हुने गरेको छ। खानी दर्ता विनै स्थानीय रामबाबु यादवले ग्राभेलको अवैध व्यसाय चलाएको भएपनि जनप्रतिनिधी र प्रहरी प्रशासन तैंचुप मैचुपको अवस्थामा छ।
स्थानीयले प्रहरी र जनप्रतिनिधीलाई पटक–पटक जानकारी गराउँदा पनि अवैध ग्राभेल उत्खनन् निरन्तर भईरेको छ। जनप्रतिनिधीले घुमाउरोभाषामा आफ्नो रोक्न सक्ने क्षमता नभएको बताउने गरेका छन्।
इलाका प्रहरी कार्यालयको दैनिक डिउटी बस्ने नयाँ चोहर्वाचोकबाटै ग्राभेल बोकेर टिफर हिडेपनि प्रहरीले देखेको नदेख्यै गर्दै आएको स्थानीय रामप्रकाश यादवले बताएको छ।
यो क्षेत्र ग्राभेल उत्खनन् गर्न निशेधित भएपनि माफियाहरुले पहुँच र प्रभावमा पारेर निरन्तर उत्खनन गरिरहेका छन्।
नरहा गाउँ पालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारीले ग्राभेल उत्खनन् गरेर बेचेको भन्ने जानकारी पाएपछि आफुले सचेत गराएको बताए। उनले भने, ‘मैले ग्राभेल बेचिरहेको भन्ने जानकारी पाएपछि उनीहरुलाई बोलाएर नबेच्न भनिसकेको छुँ। पोखरी सफा गर्दा निस्केको थारैतिनो माटो गाउँघरमा बेच्ने गरेको भनेपनि अव बेच्दिन भनेको छ।’
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतले सूचना पाउँदा हामी पुग्ने गरेपनि आफूहरुले उत्खनन् गर्दै गरेको अवस्थामा सवारी साधन फेला नपरेको बताए।
उनले भने, ‘त्यस क्षेत्रमा ठूल ठूला खाडलहरु धेरै पहिला देखिनै खनिएको छ। मैले पनि देखेको छु। तर, हामीले खन्दै गरको अवस्थामा भेटीनभने केही गर्न सकिदैन।’
उनले यसको नियमन र खोजतलास गर्नेकाम स्थानीय तहको बताएकोले आफूहरुले उत्खनन् गर्दैगरेको अवस्थामा भेटेपनि नियन्त्रणमा लिएर उहाँहरुकै जिम्मा लगाउने बताए।
नरहा ३ मा बाहिरबाट उत्खनन्मा सक्रिय देखिने रामबाबु यादवले पहिला देखिनै खाल्डो खनिएको जमिनहरु सस्तोमा किनेर पोखरी बनाउन लागेको बताउँछन्। पोखरी खन्दा निस्केका थोरै ग्राभेल स्थानीय तहहरुलाई चाहिएकोबेलामा बेच्ने गरेको स्वीकार गरे।
यादवले पोखरी खनेको भनेपनि ग्राभेल उत्खनन् मुख्य धन्दा भएको स्थानीय बताउँछन्। स्थानीय भन्छन्, ‘यसक्षेत्रमा पानी नै जम्दैन, पोखरी नहुने कुरै आउँदैन। ग्राभेल बेच्नकै लागि पोखरीको वाहाना बनाएका हुन्।’
यता रामबाबु यादब भन्छन्न उत्खनन् बापत चोहर्वा वन कर्मचारी र मिर्चैया प्रहरीको महिना वारि फिक्स छ । तपाईंहरु सामाचार नलेखदिनु मेरो भाइ रामप्रकाश यादवले मलाई डुबायाे उनि सिरहा पब्लिकको संथापक भएपनि जथाभावी उत्खनन् गरेको बताए । उत्खनन् गर्ने ठाउँ नजिकै मानव बस्ती सामुदायिक बिद्यालय र एक निजि वद्यालय छन । स्थानीय सन्तोष राय भनछन्न कार्बाही गर्ने निकायका कर्मचारीहरु दरु (मदिरा ) र मासुमा बिकन थाले पछि कसले कार्बाही गर्ला सवै मिलेको छ “उत्खनन् कसैले रोक्न नसकिने बताए ।
Discussion about this post