गाेलबजारमा १४ वर्षिय बालिका बलात्कृत,आरोपित फरार

हरियो पाटी

हरियो पाटी

665
SHARES
911
VIEWS

सिरहा, २ पुस ।सिरहा बालिकालाइ जवरजस्ती करणी गरि २१ वर्षिय रोदित दास फरार भएको छ । १४ वर्षिया दलित बालिका बलातकार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोदित दास विरुद्धमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।
विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाईफाकाई गागन खोला किनारमा रहेको लहरीमारीमा पुर्याई विहिवार राती डर त्रास देखाएर दासले बालिकालाई बलात्कार गरेकोे प्रहरीले जनाएको छ ।
विहिवार विद्यालय गएका छोरी नफर्केपछि छोरी खोज तलास सुरु गरेका थिए । खोज लागसगर्दा पनि फेला नपरेपछि प्रहरीलाई खवर गरेको बालिकाका आफन्तले बताए । खोजिकै क्रममा शनिवार विहानमात्र गोलबजार ४ को एउटा निर्माणाधिन घरमा आफन्तले फेला पारेर प्रहरीको जिम्मा लगाएको थियो ।
प्रहरीको शनिवारै ल्याएको भएपनि बालिकाले प्रहरी समक्ष घटना स्वीकार नर्दा उजुरी दर्ता हुन सकेको थिएन । आफन्तसामु घटनाबारे सुनाएपनि प्रहरीसामु आज आईतबार मात्रै खुलेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले आज जाहेरी दर्ता भईसकेको बताए इन्सपेक्टरले भने, ‘हिजो हामीसँग बालिका खुलिनन आज आफन्तलाई घटनाबारे सुनाएपछि उहाँहरुकै सहयोगमा प्रहरीकोमा जाहेरी दर्ता भईसकेको छ, आजै स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाईएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धानई भईरहेको र घटनामा संलग्नको खोजी भईरहेको सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
जनाएको छ । दुइदिन अगाडिपनि सिरहाको एक निजी विद्यालयको होष्टलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका शिक्षकबाट बलात्कृत भएकी थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित