मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाईंदैछ

हरियो पाटी

हरियो पाटी

521
SHARES
714
VIEWS
??????

सिरहा, वैशाख २ – नयाँ वर्षलाई स्वागत गर्दै मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदैछ । नयाँ वर्षको असरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाइन्छ ।
वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ । यसै दिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ ।
जुडशितल पर्वमा एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । आज तराइ मधेशको घर घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहि आएको छ । जुडशितलको अवसरमा मधेश प्रदेश सरकारले आजपनि सार्वजनिक विदा दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित