एक वर्षमा महिला हिंसाका ५ हजार ७ सय जनाभन्दा बढी घटना

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सिरहा  फागुन २४  सन् २०२२ मा ४ हजार ३ सय ३९ जना महिला र १ हजार ४ सय ४ जना बालिका गरी कूल ५ हजार ७ सय ४३ जना पीडित भएको अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ।

१ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ (फागुन २४ गते) एक प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो । सन् २०२२ मा बेचबिखन तथा ओसारपसारका घटनामा २४ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा २४ जना, घरेलु हिंसाका घटनामा ३ हजार ३१ जना, ‘बोक्सी’को आरोपमा २३ जना, बलात्कारका घटनामा ६ सय ५ जना, बलात्कार प्रयासका घटनामा १ सय ४५ जना, यौन दुर्व्यवहारका घटनामा ४२ जना महिला पीडित भएको इन्सेकले जनाएको छ ।

“मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो । तर, विभिन्न बहानामा महिलाहरूको हत्या हुने गरेको छ । यस वर्ष परिवाजनबाट १ सय ११ जना महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या १ सय १२ थियो” प्रतिवेदनमा उल्लेख छ ।

भनेजति दाइजो नल्याएको आरोपमा १ जना महिलाको हत्या भयो भने सोही कारणले २५ जना महिला हिंसामा परेका अभिलेख भएको पनि इन्सेकले जनाएको छ । वैवाहिक बलात्कारका घटनामा १५ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी बलात्कारका घटनामा १ हजार ९, यौन दुर्व्यवहारका घटनामा ३ सय २६, बेचबिखन तथा ओसारपसारका घटनामा ३९ जना र बाल विवाहका घटनामा ३० जना बालिका पीडित भएका अभिलेख राखिएको इन्सेकले जनाएको छ ।

लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च र आसपासका दिनहरूमा मनाइँदै छ ।

महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट पीडित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित