सिरहा, २१ फगुन। गोलबजार नगरपालिकाले आगामी चार वर्षका लागि आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा भएको आवधिक कार्यशाला श्रेष्ट कन्सलटेन्सी, एकान्तकुना, ललितपुरको सहयोगमा कार्याशाला सम्पन्न भएको हो।
नगर प्रमुख श्याम कुमार श्रेष्ठले संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनु अगावै योजना तर्जुमा सम्पन्न हुनेगरी काम अगाडी बढाउन कन्सलटेन्सीसँग अनुरोध गरे। उनले भने, ‘हामीले समयमै योजना बनाउन सके आउने आर्थिक वर्षमा संघिय सरकारमा पेश गर्न सक्ने अवस्था रहन्छ। त्यसैले योजना निर्माणमो कन्सलटेन्सीलाई सवै विषयगत समिति, वडाहरु, नागरिक समाज र वुद्धिजीवहरुसँग मेरो अनुरोध छ।
प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले गोलबजार नगरपालिकाले वेभसाइटमार्फत सवैखालका सुचनाहरु सहजै हेर्न सकिने बताए। उनले अव हामी हरेक योजनालाई लिखितरुपमा दस्तावेजी करण गरिरहेका छौं, हाम्रा योजना र कामहरु अव पुस्तक र वेभसाइडमा सहजै देख्न पाईने बताए।
उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरु तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो। कार्यशालामा पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुलाई पनि आमन्त्रण गरिएको थियो।
कन्सलटेन्ट योजना विज्ञ मनिराम सिंह महतले आवधिक योजना वडा वडामा गएर सर्वसाधारण जनता तथा जनप्रतिनिधिहरुसँग परामर्श गरेर तर्जुमा गरिने बताए। उनले सहि योजना निर्माणको लागि यहाँका सवैखालका सरोकारवाला निकायसँग छलफल गरिने बताए।
कार्यशालामा नेपाली कांग्रेसका राजदेव साह नेकपा एकीकृत समाजवादीका योगेन्द्र सिंह र जसपा नेपालका हिरा यादव लगायत अन्य व्यक्तित्वहरुले पनि सुझाव प्रस्तुत गरेका थिए।
Discussion about this post