सिरहा, २९ कात्तिक। हर्सोल्लासकासाथ तराई–मधेशमा मनाइने महान् लोकआस्थाको पर्व छठको आज मुख्य तथा दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइँदै छ। व्रतालुहरूले आज साँझ नजिकका पोखरी, तलाउ, नदिलगायतका जलासयहरुमा बनाएको घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाउँदै छन्। शनिबार ‘खरना’ विधिअन्तर्गत दूध र गुड हालेर पकाइएको खीर तथा रोटी खाएका व्रतालुहरू आज दिनभर निर्जल निराहार व्रत बसी बेलुका अस्थाउन लागेको सूर्यको पूजा गरेर र भोलि विहान उदाउँदो सूर्यको पुजापछिमात्र व्रत फुकाउने गरिन्छ।
नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजासामग्री राखिएको बाँसको ढाकी टाउकोमा बोकेर घाटसम्म पुर्याएका छन्। प्रायः परिवारका पुरुष सदस्यले यो जिम्मेवारी निर्वाह गर्छन्।
अहिले छठघाटहरु दुलही झै सिंगारीका छन्। दीप, धुपका बासनाले मगमगाएको छ। आज रातभर ब्रताहरु छठघाटमा बजेर विभिन्न धार्मिक भजन किर्तन, नाच हेरेर रात विताउने छन्। भोलीको उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो वर्षको छठ पर्व सम्पन्न हुनेछ।
















Discussion about this post