जन्मदिनमा११ विपन्न महिलालाई साडी सहयोग

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

बिबेक परियार लहान 

सिरहा । जन्मदिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्ष्मीपुर पतारी गाउँपालिकाका उपसभापति दिपक गुप्ताले ११ जना अति विपन्न महिलालाई साडी सहयोग गरेका छन्।

छठ पर्वको पूर्वसन्ध्यामा गुप्ताले आफ्नो जन्मथलो कल्याणपुर टोलमा रहेका अति विपन्न परिवारका ११ जना महिला हरुलाई साडी वितरण गरेका हुन्।

जन्मदिनलाई तडकभडक र फजुल खर्च गरेर मनाउनुभन्दा समाजका विपन्न तथा असहाय परिवारलाई सहयोग गरेर मनाउने उद्देश्यले साडी वितरण गरिएको बताइएको छ।

छठ पर्वको अवसरमा गरिएको यस सहयोगले विपन्न महिलाहरूलाई केही राहत पुग्नुका साथै पर्वको खुसीमा थप उत्साह मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित