अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा सतिस चन्द्र सिहको नाम अग्रपंक्तिमा

Picture of हरियो पाटी

हरियो पाटी

783
SHARES
1.1k
VIEWS

सिरहा । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र हुँदै गर्दा मधेश प्रदेशको युवा नेतृ सतिस चन्द्र सिहको नाम सचिव पदका लागि अग्रपंक्तिमा उभिएको छ। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा केन्द्रिय सचीवको आकांक्षीको भीडबीच सतिशले आफ्नो अलग छवि बनाउन सफल भएको छन्।

३२ वर्ष उमेरहदसहितको नयाँ कार्यविधि अनुसार योग्य उम्मेदवारको खोजी भइरहँदा सतिस चन्द्र सिह नेतृत्वको सशक्त प्रतिकको रूपमा देखिएकी छन्। सिरहाकाे गोलबजारको स्थायी बासिन्दा सिह हाल अनेरास्ववियुकाे मधेस प्रदेश सचिवको रूपमा सक्रिय छन्। मधेशको चुनौतीपूर्ण राजनीतिक वातावरणमा एमालेको विद्यार्थी संगठनलाई पहिलो स्थानमा पुर्‍याउन उनले खेलेको भूमिका उल्लेखनीय रह्यो।

भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु मधेश प्रदेशमा पहिलो स्थानमा आउनु सतिसको नेतृत्व क्षमताको प्रतिफल मानिन्छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पुर्व कानुन मन्त्री लिला नाथ श्रेष्ठ तथा मधेस प्रदेसका स्वास्थ मन्त्री सत्रुधन प्रसाद सिहको कार्यशैलीबाट सन्तुष्ट रहेको स्रोतहरू बताउँछन्। ओली नेतृत्वको एमालेले मधेश प्रदेशको नाम ‘जानकी’ राख्ने प्रस्ताव अघि सारेको सन्दर्भमा सतिसको उम्मेदवारीले त्यस प्रस्तावलाई थप युवा मैत्री समावेशी सन्देश दिनसक्ने विश्लेषण गरिएको छ।

अनेरास्ववियुका एमालेका लागि ऐतिहासिक क्षण हुनेछ। सतिस चन्द्र सिह सचीव नेतृको हैसियतमा मात्र होइन, सशक्त नेतृत्व दिन सक्ने क्षमताका आधारमा सचीव बन्न चाहन्छु सतिसले भछन।
मधेसि मूलको मैथिली भाषी भए तापनि सतिस मधेशमा प्रभावशाली रूपमा स्थापित भएको छन्। विद्यार्थी आन्दोलनदेखि संगठन विस्तारसम्म उनको संलग्नता निरन्तर रहँदै आएको छ। उमेदवार सतिस चन्द्रको बहुआयामिक व्यक्तित्वले उनलाई अरु आकांक्षीभन्दा अलग पहिचान दिएको छ।

सिरहा र मधेस प्रदेश सहित काठमाडौंका मिडियामा समेत स्थान पाउने सतिस नेतृत्वमा अनेरास्ववियुलाई सबै तह र तप्काका विद्यार्थीहरूका लागि अझ प्रभावशाली बनाउने दृष्टिकोण राख्छिन्। एमालेले ल्याएको संगठन संरचनाको नयाँ ढाँचाअनुसार अध्यक्षसहित ९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ। यस्तो संरचनामा प्रतिनिधित्वको विविधता र सन्तुलन आवश्यक पर्ने हुँदा सतिसको उम्मेदवारीले थप महत्व पाएको छ।

महाधिवेशन जेठ २५ गतेदेखि कीर्तिपुर, काठमाडौंमा सुरू हुँदैछ र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। जेठ २८ गतेसम्म चल्ने अधिवेशनमा नेतृत्व चयनको अन्तिम निर्णय हुने मधेश र युवा नेतृत्वको सशक्त प्रतीक बनेको सतिस चन्द्र सिहको अभियानले एमालेको समावेशी नेतृत्व दर्शनलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित