गोलबजारमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने ।

Picture of हरियो पाटी

हरियो पाटी

531
SHARES
728
VIEWS

सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ कदिमाटोलस्थित मैनावती खोला खेलमैदानमा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता  हुने भएको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद र खेली मधेश, जिति मधेश’भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

गोलबजार नगरपालिका–७ वडा कार्यालयको आयोजना तथा ७ नं. वडा केडीटी युवा क्लबको सह–आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका विभिन्न वडाका फुटबल टोलीहरूले सहभागिता जनाउनेछन्।

आयोजकका अनुसार प्रतियोगिता यहि कार्तिक १ गतेदेखि सुरु हुनेछ। खेल तालिकाअनुसार कार्तिक १ गते वडा नं. १ र वडा नं. ४ बीच, कार्तिक २ गते वडा नं. ६ र वडा नं. १० बीच तथा कार्तिक ३ गते वडा नं. ७ ‘ए’ र अर्को निर्धारित टोलीबीच खेल हुने जनाइएको छ। कार्तिक ४ र ५ गतेका खेलमा क्रमशः वडा नं. ५ र वडा नं. २ तथा वडा नं. ३ र वडा नं. ११ का टोलीहरू प्रतिस्पर्धामा उत्रिनेछन्।

कार्तिक ६ गते वडा नं. ७ ‘बी’ टोलीको खेल तालिकामा राखिएको छ। सेमिफाइनल खेल कार्तिक ७ गते सञ्चालन हुने आयो जकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले कप, मेडल, प्रमाणपत्रसहित नगद २५ हजार रुपैयाँ र दोस्रो हुने टोलीले कप, मेडल, प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

आयोजकले प्रतियोगिता फिफाको नियमअनुसार सञ्चालन गरिने जनाएको छ। खेलाडीहरू खेल सुरु हुनुभन्दा एक घण्टाअघि खेलमैदानमा उपस्थित हुनुपर्ने तथा खेलाडीले अनिवार्य रूपमा खेल पोसाक र बुट लगाउनुपर्ने आयोजकले जनाएको हो ।

स्थानीयस्तरमा फुटबल खेलको विकास, युवाहरूको खेलकुदप्रतिको आकर्षण वृद्धि तथा आपसी सद्भाव र एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित