सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

९ मंसिर, काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन् । गएराति साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी रुपक खड्काले जानकारी  दिए ।

एसपी खड्काले अनलाइनखबरसँग भने, ‘जंगलबाट हात्ती गाउँपसेको थाहा पाएपछि श्रेष्ठ घर बाहिर निस्किएका रहेछन् । सोही समयमा हात्तीले उनीमाथि आक्रमण गरेको रहेछ । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।’यसअघिको राति पनि जंगली हात्ती गाउँपसेर क्षति पुर्‍याएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित