उद्योग व्यापार संघ गोलबजारले सदस्यता नवीकरणको म्याद १५ दिन थप्यो

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

गोलबजार, सिरहा । उद्योग व्यापार संघ गोलबजार, सिरहाले साधारण सदस्यता नवीकरणको म्याद १५ दिन थप गरेको छ।

संघले एक सूचना जारी गर्दै यसअघि २०८३ भदौ ३१ गतेसम्म तोकिएको सदस्यता नवीकरणको अन्तिम म्याद थप गरी २०८३ असोज १५ गते साँझ ५ बजेसम्म कायम गरेको जनाएको छ।

संघको साधारण सभा तथा अधिवेशनमा सहभागी हुन सदस्यता नवीकरण अनिवार्य रहेकाले समयभित्र नवीकरण गर्न संघले सम्पूर्ण साधारण सदस्यलाई आग्रह गरेको छ।

सूचनामा नवीकरण गरिएको सदस्यताले मात्र साधारण सभा तथा अधिवेशनमा सहभागी हुन पाउने उल्लेख गरिएको छ। साथै, सदस्यता २०८३ असोज ४ गतेसम्म नवीकरण भइसक्नुपर्ने जनाइएको छ।

संघका अनुसार नयाँ सदस्यता शुल्क ५ सय रुपैयाँ र वार्षिक सदस्यता नवीकरण शुल्क २ सय ५० रुपैयाँ तोकिएको छ।
संघका अध्यक्ष विजय कुमार साहद्वारा जारी सूचनामा सदस्यता नवीकरणका लागि तोकिएको थप समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित