काठमाडौं । नेपाली बजारमा केही दिनयता उकालो लागेको सुनको मूल्य मंगलबार स्थिर रहेको छ ।
सोमबार तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार अघिल्लो दिन सोमबारकै सुनको मूल्य ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ८०० रुपैयाँ पुग्दा आइतबार ३ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य तोला १५ रुपैयाले घटेर ४ हजार ७५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको थियो । आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ थियो ।
.gif)



















Discussion about this post