मिर्चैयामा अवैध ग्राभेल चोरी निकासी, प्रहरी र जनप्रतिनिधिकै मिलेमतो

Picture of हरियो पाटी

हरियो पाटी

542
SHARES
743
VIEWS

सिरहा, १६ असोज । सिरहाको मिर्चैया नगरपालिका–९ पुलबरियामा स्थानीय प्रहरी र जनप्रतिनिधिको मिलेमतोमा अवैध रूपमा ग्राभेल उत्खनन गरी चोरी निकासी भइरहेको स्थानीयले बताएका छन ।

स्थानीय कारी रामका अनुसार पुलबरिया क्षेत्रमा लामो समयदेखि ग्राभेल उत्खनन गरी विभिन्न स्थानमा ओसारपसार भइरहेको छ। उनका अनुसार यस कार्यमा मिर्चैया प्रहरी र नगरपालिकाका केही कर्मचारीको समेत मिलेमतो रहेको आशंका गरिएको छ।

अवैध उत्खननका कारण राज्यलाई प्राप्त हुनुपर्ने राजस्वसमेत गुमिरहेको दाबी गरेका छन्।
नेपालको प्रचलित कानुनअनुसार नदीजन्य तथा खनिजजन्य पदार्थको उत्खनन, संकलन र बिक्री–वितरण गर्दा सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा स्वीकृति लिनुपर्ने व्यवस्था छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रको प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको व्यवस्थापन र राजस्व संकलनसँग सम्बन्धित अधिकार दिएको छ।त्यस्तै, औद्योगिक व्यवसाय ऐन, २०७६ अन्तर्गत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन र प्रशोधन गर्ने उद्योगलाई अनुमति आवश्यक पर्ने व्यवस्था छ।

वन क्षेत्रबाट नदीजन्य ढुंगा, गिट्टी वा बालुवा संकलन तथा बिक्री वितरणका विषयमा वनसम्बन्धी कानुनले समेत छुट्टै प्रक्रिया तोकेको छ।स्थानीयले पुलबरियामा भइरहेको उत्खनन वैधानिक अनुमति, वातावरणीय प्रक्रिया र राजस्व दाखिला नगरी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित