सप्तरीमा प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Picture of हरियो पाटी

हरियो पाटी

532
SHARES
729
VIEWS

काठमाडौं, वैशाख ३१ गते । डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नगरपालिकाको सम्पूर्ण वडामा बिजुलीको पोलमा उच्चस्तरीय पोल लाइट जडान कार्यका लागि आर्थिक वर्ष २०७८-०७९ मा बजेट विनियोजन भई सो जडान कार्यको लागि ठेक्का दिएकोमा कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भरपाइ बनाइन नगरपालिकामा पेस गरी विनियोजित पूरै रकम असार मसान्तमा नै भुक्तानी लिइदिई हिनामिना गरेको आरोप लागेको छ ।

यादवसहित इन्जिनियर कुलानन्द बिराजी, इन्जिनियर रामाकान्त चौधरी र सव–इन्जिनियर सञ्जय कुमार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम २५ लाख चार हजार ५३० रुपियाँ कायम गरि कैद र जरिवाना समेतको मागदाबी लिइएको आयोगले जनाएको छ ।

यसैगरी, सो नगरपालिकाका योजना शाखामा कार्यरत शाखा अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परियार र योजना शाखामा कार्यरत सहायकस्तर पाँचौं निकिता चौधरीविरुद्ध बिगो रकम तीन लाख ९२ हजार रुपियाँ कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार जि.एस.निर्माण सेवा र उक्त निर्माण सेवाका प्रोपाइटर विजयकुमार यादवविरुद्ध सजाय गरी बिगो जफत हुन मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित