सिरहामा उपचारको क्रममा सुत्केरी महिलाको मृत्यु

हरियो पाटी

हरियो पाटी

561
SHARES
768
VIEWS

ओम प्रकाश यादव

सिरहा,२७ बैशाख । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा एक सुत्केरीको उपचारको क्रममा मृत्यु भएको छ । सिरहाकै मिर्चैया नगरपालिका ११, सीतापुरकी करिव ३० वर्षीया रामकाशी यादवको शनिबार मृत्यु भएको हो ।

सुत्केरी व्याथा लागेपछि रामकाशीलाई शुक्रबार बिहान बर्धमान अस्पताल लगेका थिए । अस्पतालले दिउँसो १२ बजेतिर शल्यक्रिया गरेर बच्चा निकालिएको थियो । यसअघि दुई छोरी सल्यक्रियाबाटै भएको थियो । यो पटक भने उनले छोराको जन्म दिएकी थिइन् । छोराको अनुहार हेर्नै नपाई उनको मृत्यु भयो ।

शल्यक्रिया गरेर बच्चा निकालेपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको रामकाशीलाई परिवारले बाहिर लान खोजेपनि अस्पतालले रिफर नगरेको आरोप लगाएको छ । अस्पतालले यहि ठीक भइहाल्छ भनेर अल्झाएर राखेपनि अवस्था गम्भिर भएपछि मात्र यहाँबाट विराटनगरको लागि रिफर गरेको थियो ।

शनिबार बिहान साढे ५ बजेतिर विराटनगरस्थित न्युरो अस्पताल पुर्याएपनि तत्काल मृत घोषणा गरेको मृतकका श्रीमान् सन्त यादवले बताए । उनले भने हामी बिहान २ बजे यहाँबाट हिँडेका थियौं, ५ बजे विराटनगर पुगयौं । त्यहाँका चिकित्सकले अस्पताल पुग्नुअघि नै बिरामीको मृत्यु भईसकेको बताए ।

अस्पतालले अन्तिम अवस्थामा रिफर गरेको भन्दै आक्रोस श्रीमान यादवले व्यक्त गरेका छन् । यो घटनाको जिम्मा अस्पतालले नै लिनुपर्ने उनको भनाइ छ । उनले शल्यक्रियाका क्रममा चिकित्सकको लापरबाहीका कारण रामकाशीको शरीरबाट धेरै रगत बगेको कारण मृत्यु भएको आरोप लगाए ।

बच्चाको अवस्था भने सामान्य रहेको उनले बताए । अस्पतालकै लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै परिवारजनले अस्पताल अगाडि अहिले केहिवेर राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका छन । पीडित परिवारको प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका शल्यक्रियामा संलग्न डा.तेजशंकर यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सञ्चालक यादवलाई कार्यालयमा ल्याएर सोधपुछ गर्ने काम र घटनाको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी बताए ।
घटनाको थप अनुसन्धानका लागि अस्पतालका डकुमेन्ट पनि झिकाउने कार्य भईहेको सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी बताए । यस विषयमा अस्पताल प्रशासनसँग सम्पर्क गरेपनि सम्पर्कमा आउन चाहेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित