गोलबजारमा मेयर श्रेष्ठ द्वारा विद्यालय भवनको शिलान्यास

हरियो पाटी

हरियो पाटी

553
SHARES
757
VIEWS

सिरहा -बैसाख २२
गोलबजार, सिरहा – वैशाख २२ सिरहाकाे गोलबजार नगरपालिका वडा नं. ८, भाइजी टोलस्थित आधारभूत विद्यालयकाेे दुई कोठे नयाँ भवनकाे शिलान्यास गरिएको छ। आज आयोजित विशेष कार्यक्रममा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले भवनको शिलान्यास गरिएको हो।

करीब २३ लाख ७५ हजार रुपैयाँ लागतमा बन्ने उक्त भवनले विद्यालयको भौतिक संरचना सुदृढ पार्ने विश्वास गरिएको छ। कार्यक्रममा उपप्रमुख  मान्ती शाह वडा अध्यक्ष श्री देबनरायन महतो तथा विद्यालयका सदस्यहरूको उपस्थिति रहेको थियो।

शिलान्यास गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो। साथै विद्यालय प्रशासनले भवन निर्माणपछि विद्यार्थीहरूलाई थप सहज र अनुकूल पठनपाठन वातावरण सुनिश्चित गरिने जानकारी दिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित