मोटरसाइकल आपसमा ठोकिंदा दुईजनाको मृत्यु, एक जना घाइते

हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

सिरहा, २८ चैत। सिरहामा दुई मोटरसाइकल आपसमा ठोकिंदा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत जिल्लाको धनगढीमाई नगरपालिका ७ कसाहामा  बुधबार विपरीत दिशातर्फ जाँदै गरेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सुखीपुर नगरपालिका ८ का करिब ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका १२ का सोही उमेरका सन्तोषकुमार यादवको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सिराहा प्रहरीका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार

पासवानका अनुसार सन्तोषले चलाएको मोटरसाइकलपछाडि बसेका सिराहा नगरपालिका १२ का करिब २४ वर्षीय सिकन्दर यादवको टाउको, हात र खुट्टामा चोट लागेर गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको छ।

पूर्वतर्फ आउँदै गरेको गिरीले चलाएको बा. ४४ प १५६१ नम्बरको माटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको सन्तोषले चलाएको स. ५ प ७७४० नम्बरको मोटरसाइकल कसहा चोकमा आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकल तीव्र गतिमा रहेकाले आपसमा ठोक्किएको आशंका गरिएको छ। घटनाको थप अनुसन्धान थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित