सिराहाका एसपी रमेश पण्डित हेडक्वार्टर तानिए

Picture of हरियो पाटी

हरियो पाटी

589
SHARES
807
VIEWS

सिरहा– सिराहाका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसपी) रमेश पण्डित हेडक्वार्टर तानिएका छन्। दलित परिवारको घर भत्काइएको घटनालाई बेवास्ता गरेको आरोपपछि गृह मन्त्रालयको निर्देशनमा उनलाई स्थानान्तरण गरिएको हो।

सिराहामा महायज्ञ आयोजनाका लागि दलित परिवारको घर भत्काइएको घटनामा जिल्ला प्रहरी कार्यालयले समुचित ध्यान नदिएको भन्दै गृह प्रशासन असन्तुष्ट थियो।

उक्त घटनामा स्थानीय तहसँग कुनै समन्वय नगरेको र मन्त्रालयलाई समेत जानकारी नदिएको कारण प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको थियो। तर, प्रमुख जिम्मेवारी बोकेको प्रहरी प्रमुख भने जिल्लामै कायम रहनु न्यायसंगत नभएको भन्दै गृह मन्त्रालयभित्र असन्तुष्टि बढेको थियो। तर प्रेदेश प्रहरी प्रमुख लालमनी अचार्यले सिरहाकाे प्रहरी प्रमुख रमेश पण्डित हेडक्वार्टर तनिएको विषयमा कुनै अधिकारी जानकारी नआएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित