अर्नामाका ७० बिगाहा क्षेत्रफलमा सिँचाइ, सुबिधा किसान खुसी

Picture of हरियो पाटी

हरियो पाटी

591
SHARES
810
VIEWS

सिरहा – कमला सिँचाइ आयोजनाअन्तर्गत अर्नामा गाउँपालिका–४ मा करिब ७० बिगाहा क्षेत्रफल जमिनको सिचाइ एकमुष्ठ पानी पुर्‍याउने क्षमता भएको गोतहा पोखरी सिँचाइ डिप ट्युबवेल बोर्डिङ सञ्चालनमा आएको छ।

नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज तथा पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठले सिँचाइ पहुँच नपुगेका किसानका लागि यो आयोजना ठूलो राहतको सोरूप रहेको बताए। उचित सिंचाइ व्यवस्थापनले कृषिमा मात्र नभई समग्र अर्थतन्त्र र वातावरणमा सकारात्मक प्रभाव पार्ने बताएका छन।

 

स्थानीय कृषक राम प्रमोद यादवका अनुसार खेतमा सिँचाइ पुगेपछि कृषि उत्पादन वृद्धि हुनुको साथै किसानको आम्दानी बढ्ने भएकाले शिक्षा र अन्य आवश्यकताका समस्या समाधान गर्न सहज हुने विश्वास गरिएको छ।कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज चन्देश्वर मण्डल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुमित श्रेष्ठ लगायत नेताहरू तथा स्थानीयको उपस्थिति रहेको थियो। सिँचाइ सुविधाले स्थानीय कृषिमा सुधार ल्याउने अपेक्षा गरिएको छ। स्थानीय कृषक सोनेलाल साहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित