महायज्ञका लागि दलितको घर भत्काएको प्रकरण : पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

काठमाडौँ । महायज्ञका लागि दलितको घर भत्काएको विषयमा प्रहरीले सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडा अध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितका अनुसार पालिका अध्यक्ष शिवजी र पूर्ववडा अध्यक्ष दिलीपलाई अनुसन्धानका लागि शुक्रबार नियन्त्रणमा लिइएको हो ।

यस प्रकरणमा अहिलेसम्म जाहेरी नपरेको प्रहरीले जनाएको छ । यद्यपि, पीडित पक्षसँग पनि छलफल गरेर घटनाबारे अनुसन्धान गर्ने एसपी पण्डितले जानकारी दिए । औरही गाउँपालिकाको वडा नम्बर ५ मा दिपक मरिक (डोम)को घर भत्काएर पालिका अध्यक्ष यादव र पूर्ववडा अध्यक्ष यादवले महायज्ञको तयारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित