सिरहामा एक सय ४६ मोटरसाइकल प्रहरी नियन्त्रणमा

हरियो पाटी

हरियो पाटी

537
SHARES
735
VIEWS

चैत १ सिरहा सिरहा । ट्राफिक नियम उल्लंघन गरेको भन्दै सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट एक सय ४६ थान मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
होलीमा अवान्छनीय गतिविधि रोक्न प्रहरीले आज दिनभरीमा सिरहा, लहान, गोलबजार, मिर्चैया, धनगढी, बन्दिपुर लागाएतका स्थानबाट मोटर साइकल नियन्त्रणमा लिएको हो ।

एउटै मोटर साइकलमा दुई जनाभन्दा बढी चढेको, हेलमेट नलगाई मोटरसाइकल चलाएको, अत्यधिक गतिमा मोटरसाइकल कुदाएको, मापसे गरेर चलाएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ल प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जनाएका छन ।

जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको भन्दै सम्भावित दुर्घटना रोक्न मोसा नियन्त्रणमा लिएको उनले बताए ।

नियन्त्रणमा लिएको मोटरसाइकलबाट ट्राफिक नियम उल्लंघन गरेकोले सबैको रवाही गरिने जिल्ला प्रहरी कार्यालयका सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जनाएका छन । होली मनाउने क्रममा अमार्यादित क्रियाकलाप गर्ने एक दर्जन व्यक्तिलाई प्रहरीले आज जिल्लाको बिभिन्न ठाउँ बाट नियन्त्रणमा लिएको थियो ।

होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरि होहल्ला झगडा  गर्ने हरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका सबै जनालाई सम्झाइ बुझाई छाडीएको सूचना अधिकारी पासवानले जनाएका छन ।
सिरहामा प्रहरीले सुरक्षा योजनाअन्तर्गत ५ सय ५९ जना प्रहरी परिचालन गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित