जिल्ला प्रशासन कार्यालय अगाडि शिक्षकद्वारा आत्मदाहको प्रयास

हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

वीरगन्ज । मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना पीडितले आत्मदाहको प्रयास गरेका छन् । आफूले प्रहरीबाट न्याय नपाएको भन्दै पेसाले शिक्षक ती व्यक्तिले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।

प्रशासन कार्यालय अगाडि ती शिक्षकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले पुष्टि गरे ।  बाराको पचरौता नगरपलिका वडा नम्बर–४ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–२४ बस्दै आएका छन् ।

अर्यालले पीडितले आफूले प्रहरीबाट न्याय नपाएको भन्दै एक पन्ने पत्र लेखेको पाइएको छ ।  ‘आत्मदाह गर्न खोज्दै थिए, त्यहीबेला सुरक्षाकर्मीहरूको सहयोगमा उनलाई बचाउन सफल भयौँ । त्यसलगत्तै आफ्नै गाडीमा राखेर उनलाई अस्पताल पुर्‍याइएको छ,’ सिडिओ अर्यालले भने ।

उनका अनुसार ती शिक्षकलाई वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित