जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल सफल हुनदिन्नौं :अध्यक्ष प्रचण्ड

हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

सिरहा,
सिरहा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका छन्। जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान अन्तर्गत शनिवार सिरहा

सदरमुकाममा आयोजित जनसभालाई सम्वोधन गर्दै दश वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले कथित संविधान संशोधनको नाममा यो खेल अझै जारी रहेको बताए । उनले भने अहिले सरकारमा रहेका दलहरु नै कथाकथित संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार शंकुचित गर्ने, दुई दलितय व्यवस्था कायम गर्ने, कुत्सित चालमा लागेका छन्।

संंविधान उल्ट्याउनेहरु अझै सक्रिय छन् ।
उनले ठूलो बलिदानबाट प्राप्त संविधान रक्षाको लागि आफ्नो पार्टीले अन्तिम समयसम्म लडिहने जिकिर गरे । अध्यक्ष दहालले भने जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउनेखेल हामी सफल हुन दिन्नौं, यसको रक्षाको लागि अनितमसम्म हामीलडि रहन्छौं । त्यसमा सम्पूर्ण नेपाली जनताको साथ सहयोग आवश्यक रहन्छ, सवैले सहयोग गर्नेमा म विस्वस्त छु ।

‘मधेशी जनता प्रति माओवादीको प्रेम छ, मायाँ छ। पछिल्लो दिनहरुमा त्यहि अवस्था मधेशमा रहेन। हामी विगतका कमि सच्याएर, मधेसी जनतासँग पुनः गहिरो सम्वन्ध कायम गर्न हुलाकी अभियानमा हौं।’ अध्यक्ष प्रचण्डले भने ।
सोही क्रममा उनले मधेशी जनताको पक्षमा र मधेशी जनताको आत्म सम्मानको लागि हाम्रो पार्टी सधैं प्रतिबद्ध रहेको बताए ।

उनले विगत सम्झदै भने, ‘हामै्र पार्टीले हो। मधेशका गणतन्त्रवादी नेता रामराजप्रसाद सिंहलाई पहिलो राष्ट्रपति बनाउने प्रस्ताव गरेकोतर,आफूलाईमधेशको मसिहा मन्ने, धर्ती पूत्र भन्ने हरुले नै गणतन्त्रवादी नेतालाई हरायो । मन्तव्यकै क्रममा अध्यक्ष दहालले जिर्ण अवस्थामा रहेको हुलाकी राजमार्ग पुनःनिर्माणमा आफ्नो प्रयासको बारेमा पनि चर्चा गरे। उनले भने, ‘हुलाकी राजमार्ग निर्माणको

विषयमा म पहिलो पटक प्रधानमन्त्री बन्दा भारतसँग कुरा गरेर हुलाकी मार्ग निर्माणको प्रकृया अगाडी बढाएको हो। मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँग ‘तपाईहरु सम्झौता अनुसार काम गर्नु हुन्छ कि हामी आफ्नो ढङ्गले काम सुरु गरौं भनेपछि भारतले काम सुरु गरेको हो । सोही क्रममा उनले चोहर्वा–सिरहा फोरलेन, सिरहा–कल्याणपुर–मिर्चैया सडक निर्माण, खटोका माडर भन्सारको स्तरोन्नतीका लार्गि

निरन्तर प्रयास गर्ने र स्तोरोन्नती गराई छाड्ने बताए ।
हुलाकी राजमार्ग अन्तर्गत कमला नदीको भत्केको पुल निर्माण प्रकृया तुरुन्त अगाडी बढान पार्टीको तर्फबाट साथ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जनसभामा नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादव, पार्टीका उप–महासचिव मात्रिका प्रसाद यादव, स्थायी समिति सदस्य विश्वनाथ साहले सम्वोधन गरेका थिए । जिल्ला इन्चार्ज अजय शंकर नायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रिय जगत प्रसाद यादवले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित