माओवादीको ‘तराई मदेश जागरण अभियान’ आजदेखि

हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

 सिरहा – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मदेश जागरण अभियान’ सुरु गर्दैछ । झापाको कचनकवलदेखि सुरु हुने अभियान कञ्चनपुर पुगेर समापन हुनेछ ।

अभियानको शुभारम्भ गर्न अध्यक्ष पुष्पकमल दाहालसहित उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित नेताहरू झापा पुगेका छन् ।

सोमबार झापाबाट सुरु हुने अभियान मोरङ, सुनसरी हुँदै अघि बढ्नेछ । प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान सञ्चालन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

अभियानका क्रममा नेताहरूले दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने बताएका छन् । अभियानअन्तर्गत मंगलबार मोरङ र बिहीबार सुनसरीमा कार्यक्रम छन् ।

फागुन १६मा सप्तरी, १७ मा सिरहा, १८ मा धनुषा, १९ मा महोत्तरी, २१ मा सर्लाही, २२ मा रौतहट, २३ मा बारा र २४ मा पर्सामा कार्यक्रम हुनेछन् । चितवनमा फागुन २५ गते नेताहरूले सम्बोधन गर्नेछन् । त्यस्तै, नवलपुर (नवलपरासी पूर्व)मा फागुन २६ गते जागरण सभा हुनेछ । फागुन २७ मा परासी (नवलपरासी पश्चिम), २८ मा रुपन्देही, चैत २ मा कपिलवस्तु, ३ मा दाङ, ४ मा बाँके, ५ मा बर्दिया, ६ मा कैलाली र ७ मा कञ्चनपुरमा जागरण सभा सञ्चालन हुनेछ ।

अध्यक्ष दाहालले सरकारले पछिल्लो समय गरेका गलत कार्यहरूको भण्डाफोर गर्न र अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने तथा देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने निरङ्कुश प्रवृत्तिको विरोधमा अभियान सञ्चालन गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित