गोलबजारमा लक्ष्मी पाउरोटी उद्योगद्वारा म्याद तोडमोड गरी बिक्री, वितरण

Picture of हरियो पाटी

हरियो पाटी

535
SHARES
733
VIEWS

सिरहा – सिरहाको गोलबजार नगरपालिका-६ मा रहेको लक्ष्मी पाउरोटी उद्योगले भोलिको मिति राखेर आज नै पाउरोटी बजारमा बिक्री गरिरहेको पाइएको छ। स्थानीय उपभोक्ता दिनेश यादवका अनुसार, उनले फेब्रुअरी १५ मिति उल्लेख भएको पाउरोटी आज (फेब्रुअरी १४) नै खरिद गरेका थिए, जसले उद्योगको नियतप्रति शंका उत्पन्न गराएको छ।

उक्त घटनाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयहरू आक्रोशित भएका छन्। मिति तोडमोड गर्नु उपभोक्ता ठगीको गम्भीर अपराध अन्तर्गत पर्छ, जसका लागि नेपालमा प्रचलित कानुनी व्यवस्थाहरू लागू गर्न सकिन्छ।

नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ को धारा १६ अनुसार कुनै पनि वस्तुको लेबलिङ वा जानकारी तोडमोड गर्न नपाइने कानुनी प्रावधान छ। यदि कसैले यो प्रावधान उल्लंघन गरेमा धारा ३७ मा उल्लिखित सजाय लागू हुन्छ।
यदि कुनै व्यक्ति वा व्यवसायीले धारा १६ उल्लंघन गरेर उपभोक्तालाई झुक्याउने वा वस्तुको जानकारी तोडमोड गरी बिक्री गरेको पाइएमा:

तीन लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय एकसाथ हुने कानुनी बेवास्था छ।
यता संचालकले काम गर्ने कर्मचारी बाट भुल भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित