गोलबजार मा गर्भवती महिलाका लागि नि:शुल्क ग्रामीण अल्ट्रासाउंड सेवा सुरु

Picture of हरियो पाटी

हरियो पाटी

581
SHARES
796
VIEWS

सिरहा, फागुन १ सिरहाकाे गोलबजार नगरपालिकाले गर्भवती महिलाहरूका लागि नि:शुल्क ग्रामीण अल्ट्रासाउंड सेवा आजदेखि सञ्चालनमा ल्याएको छ। नगरपालिकाले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यो सुविधा उपलब्ध गराएको हो।

नगर प्रमुख श्याम कुमार श्रेष्ठले एक कार्यक्रमबीच सेवा उद्घाटन गरेका छन। नगर प्रमुख श्रेष्ठले गाउँमै स्वास्थ्य सुविधा सहज बनाउन नगरपालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको उल्लेख गर्दै भने, “अब गर्भवती महिलाहरूलाई अल्ट्रासाउंड गर्न टाढा जानु पर्दैन। यो सेवाले मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”

गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णका अनुसार यो सेवाको मुख्य उद्देश्य गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षामा सुधार ल्याउने हो। उनले भने, “गर्भावस्थामा उचित जाँच नहुनु आमा र शिशुको मृत्यु दर बढ्नुको एक प्रमुख कारण हो। यो सेवा ग्रामीण भेगका महिलाहरूका लागि विशेष लाभदायक हुने बताएका छन।कार्यक्रममा नगर उप-प्रमुख मान्ती देवी साह, विभिन्न वडाका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय महिलाहरू उत्साहित

स्थानीय महिलाहरूले यो सेवाले आफूहरूलाई धेरै सहज बनाउने भन्दै खुशी व्यक्त गरेका छन्। स्थानीय महिला सुनिता देवी यादव भन्छिन्, “हामीलाई अल्ट्रासाउंड गर्न मिर्चैया लहान र सिरहा सदरमुकामसम्म जानुपर्ने बाध्यता थियो। अब गाउँमै सेवा पाइने भएकाले धेरै सहज भएको छ।

नगरपालिकाले यो सेवा सबै वडामा क्रमश: विस्तार गर्ने योजना बनाएको छ। साथै, गर्भवती महिलाहरूलाई थप पोषण र स्वास्थ्य सेवाका कार्यक्रमहरू पनि सञ्चालन गर्ने नगर प्रमुख श्रेष्ठले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित