सिरहामा प्रतिबन्धित पटका खुलेआम बिक्री, प्रहरी प्रशासन मौन

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

सिरहा। सिरहामा प्रतिबन्धित पटका तथा विस्फोटकजन्य सामग्री सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ। प्रतिबन्धित सामग्रीको बिक्री तथा ओसारपसार नियन्त्रण गर्नुपर्ने प्रहरी प्रशासनको उपस्थिति हुँदाहुँदै पनि बजारमा खुलेआम पटका बिक्री भइरहँदा प्रहरीको भूमिका सुन्री देखिएको छ ।

सिरहाको गोलबजार, चोहर्वा, मिर्चैया, लहान, सिरहा सदरमुकाम, धनगढीमाई, जिरोमाइललगायत जिल्लाका विभिन्न बजार तथा पसलहरूमा प्रतिबन्धित पटका बिक्री भइरहेको बताइएको छ। चाडपर्वलाई लक्षित गर्दै व्यापारीहरूले लुकिछिपी नभई खुलेआम रूपमा यस्ता सामग्री बिक्री गरिरहेको स्थानीयको भनाइ छ।

पटका तथा विस्फोटकजन्य सामग्रीको प्रयोगले आगलागी, दुर्घटना, मानवीय क्षति तथा ध्वनि प्रदूषणको जोखिम बढाउने भएकाले सरकारले यस्ता सामग्रीको उत्पादन, आयात, ओसारपसार तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

तर, जिल्लाका प्रमुख बजारमै प्रतिबन्धित पटका बिक्री भइरहँदा पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन र नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिबन्धित पटका  सिरहाकाे विभिन्न नाका हुँदै सिरहा भित्रिरहेको छ, कसले बिक्री गरिरहेको छ । प्रहरीले  नियन्त्रण गर्ने जिम्मेवारी पाएको भएपनि प्रहरी प्रशासन मौन देखिएको छ ।

सम्भावित दुर्घटना र मानवीय क्षति हुनुअघि नै जिल्ला प्रहरी कार्यालय सिरहा तथा सम्बन्धित निकायले बजार अनुगमनलाई तीव्रता दिई प्रतिबन्धित पटका बिक्री गर्ने व्यक्ति तथा पसलमाथि कानुनबमोजिम कारबाही गर्न आवश्यक रहेको गोलबजारका स्थानिय मोतिलाल यादबले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित