घरायसी विवादमा श्रीमतीको हत्या, छोरीहरू पनि घाइते

हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

बारा ।  आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका-९ भमरा टोल बस्ने ४५ वर्षीय विमल कुमार बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। बिमलले घरायसी विवादको क्रममा खुर्पा प्रहार गर्दा लक्ष्मी गम्भीर घाइते भएकी थिइन् । लक्ष्मीको सामुदायिक प्रसूति गृह अस्पताल निजगढ हुँदै नेशनल मेडिकल कलेज वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।

यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  साथै झगडा छुट्याउने क्रममा घाइते भएकी उनकै छोरी १८ वर्षीया गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ रिफर गरिएको छ । उनकै छोरी १५ वर्षीया जमुना राईको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित