बन्दीपुर बाट सालको चिरान काठ बरामद

हरियो पाटी

हरियो पाटी

593
SHARES
812
VIEWS

सिरहा साउन  ३०  पश्चिमवर्ती कर्जन्हा नगरपालिका– १ उत्तरायणीबाट
सशस्त्र वनरक्षक टोलीले सालको चिरान काठ बरामद गरेको छ । बन्दीपुरस्थित सबडिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले चुरेवन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याएको सात थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।

विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरेको विभिन्न साइजको सात थान चिरान काठ बरामद गरी लहानस्थित डिभिजन वन कार्यालय ल्याएको डिभिजनल वन कार्यालय लहानका प्रमुख अधिकृत सुजीत कुमार झाले जानकारी दिए ।

प्रमुख झाका अनुसार बन्दीपुर सबडिभिजनका प्रमुख अधिकृत देवेन्द्र पासवानसहित वनरक्षक हरुको टोलीले चिरान काठ बरामद गरेको हो । काठ कसले के प्रायोजनको लागि त्यहाँ राखेको भन्ने अझै नखुलेको उनले जनाए । काठको कति क्यूविक फिट हो भने अहिले खुलेको छैन ।

नाप जोख गरेपछिमात्रै यसको परिमाण भन्न सकिने डिभिजनल वन कार्यालय लहानका प्रमुख अधिकृत सुजीत कुमार झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित