१०७ किलो गाँजासहित एक जना पक्राउ

हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

महोत्तरी – जिल्ला प्रहरी कार्यालय महोत्तरीले १०७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही  जिल्लाको पर्सा गाउपालिका  १ बस्ने २१ बर्षिया चन्दन यादव  रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक  धर्मराज मुडभरीले जानकारी दिए ।

प्रहरीले जलेश्वर–बर्दिबास  सडकखण्डको औरही नगरपालिका वडा नम्बर ८ स्थित टिम्कियाबाट यादवलाई गाँजा सहित पक्राउ गरेको हो । बि.आर ३० ए.एच २३८८ नम्बरको कारलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उक्त कारको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा २० वटा पोकामा १०७ किलो गाँजासहित यादवलाई पक्राउ गरिएको  महोत्तरी प्रहरीका प्रवक्ता धर्मराज मुडभरीले जानकारी दिए ।

पक्राउ परेका यादवमाथि  लागू औषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित