घुससहित वडाध्यक्ष पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

रुपन्देही, १८ चैत । कपिलवस्तुमा एक जना वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ।

स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको टोलीले महाराजगन्ज नगरपालिका २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको हो। घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कार्यालयबाट नै उनलाई नियन्त्रणमा लिएको हो।

अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरीप्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित