पार्टी नीति विपरित लागेको भन्दै कुशवाहा र रामलाई आजपाले गरयो निष्काषन

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

काठमाडौै, १९ फागुन। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले पार्टीका उपमहासचिव कुन्दन कुशवाहा र उपाध्यक्ष रामप्रीत राम लाई कारवाही गरेको छ।

पार्टी विधान, नीति तथा कार्यक्रमका बिरुद्धमा लागेका भन्दै कुशवाहा र राम लाई आजपाले पार्टीको साधारण सदस्य समेत बाट निष्कासन गरेको हो।

आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले एक बिज्ञप्ती जारी गर्दै कुशवाहा र राम लाई पार्टीबाट निष्कासन गरिएको जनाएका छन् । राम आजपाको उपाध्यक्षको जिम्मेवारी रहेका थिए भने पूर्व प्रदेश सांसद कुशवाहा पार्टीको उपमहासचिवको जिम्मेवारीमा रहेका थिए।

‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापना कालदेखि नै जनपक्षीय मुद्दाहरुमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठुल्लो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ।

यसै बिच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा पार्टी विरोधी अवाञ्छित गतिविधिहरुमा संलग्न रहेको विषय पुष्टि भएकोले रामपृत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

पूर्व प्रदेश सांसद कुशवाहा र राम केहीदिन अघि पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली संग टिका लगाएर एमालेमा प्रवेश गरेका थिए। तत्कालीन एमाले केन्द्रीय सदस्य समेत रहेका कुशवाहा गत निर्वाचनमा प्रभु साह संगै पार्टीको टिकट बहिष्कार गरी स्वतन्त्र उमेदवारी दिएपछि पार्टीले उनलाई कार्वाही गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित