सिरहामा स्थाई बध्याकरण शिविरमा पाँच सय ६८ जना महिलाको बध्याकरण,

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

सिरहा, १६ फागुन । सिरहा स्वास्थ्य कार्यालय सिरहाद्वारा सञ्चालित एक महिने निःशुल्क परिवार नियोजन (स्थायी बन्ध्याकरण) शिविर सम्पन्न भएको छ । सिरहाको विभिन्न पालिकाहरुमा रहेको स्वास्थ्य चौकी तथा अस्पतालहरुमा सञ्चालित शिविरमा पाँच सय ६८ जना महिलाको बध्याकरण भएको हो ।

शिविरमा सवैधन्दाबढी लहान अस्पतालमा ८९ जना महिला बध्याकरण भएको थियो भने सवैभन्दा कम स्वास्थ्य चौकी बडियारपट्टीमा २३ जना महिलाको बध्याकरण भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर अधिकृत अन्देश्वर प्रसाद चौधरीले जानकागरी दिए ।

सन्तानका रहर पुगेका अर्नमा अस्पतालमा ३४, स्वास्थ्य चौकी सुखिपुरमा ५७, स्वास्थ्य चौकी औरहीमा ४०,स्वास्थ्य चौकी नवराजपुरमा ४६, स्वास्थ्य चौकी भगवानपुरमा ६०, धनगढीमाई नपा ९ स्थित नैनपुर अस्पतालमा ४५, अस्थाई कोविड अस्पताल गोलबजारमा ५४, मिर्चैया अस्पतालमा ४४, फूलकुमारी महतो अस्पताल कर्जन्हामा ४१ र स्वास्थ्य चौकी कल्याणपुरमा ३५ जना सहित पाँच सय ६८ जना महिलाको स्थाई बध्याकरण गराएका हुन् ।

माघ ३ गते अर्नमाबाट सुरु भएको शिविर फागुन ९ गते कल्याणपुर पुगेर समापन भएको थियो । शिविर अवधिमै अस्थाई बन्याकरण अन्तर्गत ६ जना महिलाले इमप्लान्ट र आईयूसीडी २ जनाले प्रयोग गरेको भेक्टर कन्ट्रोलर अधिकृत चौधरीले जानकारी दिए ।

शिविरमा पुरुषले भने सेवा लिएनन्। पुरुषले बध्याकरण किन नलिएको? भन्ने प्रश्नमा चौधरीले ‘सामाजिक रितिरिवाज, सहिसूचनाको अभाव र सहि काउान्सिलिङ नहुँदा पुरुषहरुले बध्याकरण नगराएको हुन सक्छ,’ भन्ने छोटो उत्तर दिए । उनले सिरहामा पछिल्लो ५ वर्षका अवधिमा जना पुरुषले पनि बध्याकरण नगरेको जनाए । कयता आम पुरुषहरु भने बध्याकरण गर्दा यौन शाक्ति कमजोर हुने त्रासका कारण बध्याकरण गर्न अनिच्छा देखाएको बताउँछन् ।

महिला बन्ध्याकरण (मिनिल्याप) पुरुष बध्याकरण (भ्याक्सेटोमी) र अस्थाई साधन आईयूसीडी र इमप्लान्ट सेवा सहितको शिविर सञ्चालन भएपनि एक जना पुरुषले पनि बध्याकरण नगराएको भेक्टर कन्ट्रोलर अधिकृत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित