बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, इन्स्पेक्टरका बडिगार्ड घाइते

हरियो पाटी

हरियो पाटी

528
SHARES
723
VIEWS

काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किएको छ। आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले जानकारी दिए।

इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको एआइजी थापाले बताए।

‘इन्स्पेक्टरले ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएको देखिन्छ। बडिगार्डको खुट्टामा चोट लागेको छ,’ उनले भने, ‘दुर्घटनावश पड्किएको भएपनि उनको केही लापरबाही देखिन्छ।’

घाइते बडिगार्ड सिपाही आशिष जैसवालको उपचारका लागि एपिएफ अस्‍पताल लगिएको थियो। उनी खतरामुक्त छन्। एक जना सर्वसाधरणको पनि खुट्टाको औंलामा सामान्य चोट लागेको छ। यद्यपि उनी उपचारपछि घर फर्किसकेका छन‍्।

यस विषयमा छानबिन गरी सत्यतथ्य जानकारी गराउन भनेर एआइजी थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन समेत दिएका छन्।

इन्स्पेक्टर श्रेष्ठमाथि अनुसन्धान गर्न नियन्त्रणमा समेत लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1