पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा  जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा मंगलबार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले दुर्घटना ८ जनाको मृत्यु भएको रातोपाटीलाई बताए ।

प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको उनले बताए । मृतक र घाइतेको पहिचान नखुलेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित