मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

विराटनगर, २४ माघ । विराटनगर महानगरपालिकाले बिहीबार बिदा दिएको छ। मोटरसाइकल दुर्घटनामा परी कर्मचारीको मृत्यु भएपछि महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकमा बिदा दिएको हो।

मंगलबार राति मोरङको ग्रामथान गाउँपालिकामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा विराटनगर-३ नम्बर वडा कार्यालयमा कार्यरत कटहरी गाउँपालिका-७ का ३२ वर्षीय मनोज विश्वासको मृत्यु भएको थियो।

मंगलबार बेलुका ८:१० बजेतिर ग्रामथान-२ सुखानी खोला छेउमा झोराहाटबाट थलाहातर्फ जाँदै गरेको को २३ प ४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

आफैं अनियन्त्रित भई मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएपछि चालक विश्वास गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका विश्वासको विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएकोमा बेलुका पौने ९ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए।

दुर्घटनामा परेको मोटसाइकल प्रहरी चौकी झोराहाटको नियन्त्रणमा रहेको छ। तीब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित