प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या

हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

दाङ, २१ माघ । दाङमा एक प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् ।

दाङमा कार्यरत प्रहरी जवान रोल्पाका ३२ वर्षीय पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या  गरेका हुन् ।

शनिवार राति घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेका उनले आइतबार बिहान सलले घाँटी कसेर श्रीमती र छोराको सलले घाँटी कसेर हत्या गरेका हुन् ।

श्रीमती र छोराको हत्या गरेर प्रहरी कार्यालयमा पुगेर उनले पटक पटक श्रीमतीले घरमा बेवास्ता गरेको भनेपछि सहन नसकेर हत्या गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित