आर्या कम्पनीको औषधीमा लेदो र किरा भेटियाे

हरियो पाटी

हरियो पाटी

540
SHARES
740
VIEWS

कार्तिक १ धनुषा – मधेश प्रदेशको बारा जिल्लाबाट औषधी उत्पादन गर्दै आएको आर्या कम्पनीको औषधीमा लेदो र किरा फेला परेको छ । औषधी उत्पादन गर्ने कम्पनीले विरामीहरुको स्वास्थ्यसंग खेलवाड गरि रहेको रहस्य बाहिरिएको छ । मधेश प्रदेशको बारा जिल्लाको छातापिपरामा अवस्थित कम्पनीले गुणस्तहिन औषधी उत्पादन गरि विरामीहरुको स्वास्थ्यसंग खेलवाड गरि रहेको छ ।
आर्या कम्पनीले उत्पादन गरेको ल्यासोमिन सिरपमा सेतो लेदा र किरा फेला परेको छ । धनुषाको बटेश्वर गाउँपालिका बस्ने अरुण सिंहले औषधी पसलबाट खरिद गरेको सिल प्याक ल्यासोमिन सिरपमा लेदो र किरा फेला परेको हो । स्थानिय औषधी पसलबाट खरिद गरेको सिल प्याक अवस्थामा रहेको औषधी विरामी छोरालाई खुवाउन पकेट खोल्दा बोतलभित्र शंकास्पद वस्तु फेला परेको हो । औषधीमा सेतो लेदो र किरा देख्दा स्थानियहरुले औषधी पसलमा खवर गरेका थिए । खवर गर्दा औषधी पसलले आफुले उत्पादन नगरेको र कम्पनीको गलती भएको बताए ।
सिल प्याक अवस्थामा रहेको लायोसोमिन सिरपको उत्पादन मिति मार्च २०२३ बोतलमा उल्लेख छ । म्याद सकिने मिति अगस्ट २०२४ उल्लेख रहेको बोतलको ब्याच नम्बर एफ एल एस एल ९००४३ रहेको छ । औषधीमा लेदो र किरा परेको बारेमा कम्पनीका म्यानेजर दिपेन्द्र झालाई जानकारी गराउँदा औषधीमा लेदो र किरा भेटिनु सामान्य कुरा भएको बताए । उनले भने यो मेरो कम्पनीमा मात्रै हैन अन्य कम्पनीमा समेत यस्तो समस्या आई रहन्छ, तपाइलाई हाम्रो कम्पनीको औषधी मन नपरे नकिन्नुस भन्दै धम्कीपूर्ण तरिकाले गैरजिम्मेवारीपूर्वक जवाफ दिएका छन् । तपाईलाई जे मन लाग्छ गर्नुस, कम्पनीमाथि मुद्धा गर्नुस, केही हुन्न भन्दै धम्कीपूर्ण शैलीमा गैरजिम्मेवारीपूर्ण जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित