सिरहामा ४० लाख बराबरको ओखर र फेरन लब्ली सहित ट्रक प्रहरी नियन्त्रणमा

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

सिरहा सिरहाको नवराजपुर गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट तथा फेरन लब्लीसहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले स१ख ५३५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

नेपालबाट भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको आशंकामा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्रक हाल सिरहाको सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहामा राखिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम बाबु यादवले जानकारी दिए ।

उनका अनुसार बरामद सामानको यकिन परिमाण तथा मूल्यांकन कार्य भइरहेको छ । अहिले नै सम्पूर्ण विवरण भन्न सकिने अवस्था छैन,भोलि बिहान मात्रै सामानको परिमाण र मूल्यांकन सार्वजनिक गर्न सकिन्छ डीएसपी यादवले बताए ।

ट्रक नियन्त्रणमा लिन प्रहरी र तस्कर हरुबिच झडप समेत भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले जनाएको छ । याे बिषय थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम बाबु यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित