आन्दोलनरत शिक्षकसँग वार्ता निष्कर्षविहीन

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको छलफल निष्कर्षविहिन भएको छ ।

सरकारले शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका हुन् ।

बिहान ८ बजेदेखि वार्ता भए पनि छलफल निष्कर्षविहीन भएको हो ।

छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी रहेका छन् ।

यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित