प्रतीकात्मक तस्बिर
असार २२ सप्तरी – चट्याङ लागेर सप्तरीमा एक किसानकाे ज्यान गएकाे छ । चट्याङ लागेर विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका ७० वर्षीय रामप्रसाद रामको ज्यान गएकाे जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।
घर नजिकैको खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको ज्यान गएकाे प्रहरीले जनाएको छ ।
घाइते रामको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ज्यान गएकाे अस्पतालले जानकारी दिएको छ ।
Discussion about this post