नेपाली कांग्रेसको नेतृत्व अब युवाको हातमा पुग्नुपर्छ” : तरुण दल जिल्ला सचिव शेखर कपुर यादव

Picture of हरियो पाटी

हरियो पाटी

561
SHARES
769
VIEWS

सिरहा, २२ साउन । नेपाल तरुण दलका जिल्ला सचिव शेखर कपुर यादवले नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै अब पार्टी नेतृत्वमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।

जननायक बी.पी. कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले युवालाई केवल झण्डा बोकाउने र नाराबाजीमा सीमित राख्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएका हुन्। उनले भने, “अब युवालाई प्रयोग गर्ने मात्र होइन, पार्टीभित्र निर्णय गर्ने अधिकार पनि दिनुपर्छ। देशमा नयाँ सोच र नयाँ पुस्ताको नेपाली कांग्रेसको आवश्यकता छ।”

यादवले आगामी स्थानीय तह निर्वाचनमा युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै पार्टी नेतृत्वको जिम्मेवारीसमेत युवापुस्तालाई हस्तान्तरण गर्ने समय आएको उल्लेख गरे। “आजसम्म अग्रपंक्तिका नेताहरूले हामीलाई जिन्दाबाद र मुर्दाबाद मात्र सिकाए, अब नेतृत्व सम्हाल्ने अवसर पनि युवाले पाउनुपर्छ,” उनले भने।

उनले जननायक बी.पी. कोइरालाको विचार, जोश र ऊर्जाले चार दशकभन्दा बढी समय बितिसक्दा पनि नेपाली राजनीतिलाई मार्गदर्शन गरिरहेको उल्लेख गर्दै राष्ट्र, लोकतन्त्र, स्वतन्त्रता र समाजवादप्रतिको उहाँको अटल समर्पण सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत रहेको बताए।

यादवले बी.पी. कोइरालाका आदर्शलाई व्यवहारमा उतार्दै समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको निर्माणमा सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, उनले जननायक बी.पी. कोइरालाको स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित